सांकेतिक तस्बिर

देश/प्रदेश

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

By खबरहब

October 24, 2022

कैलाली– कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ। कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।