फोटो फिचर

कुकुर तिहार : ‘फौजी कुकुर’ को कलाकौशल (फोटो फिचर)

By खबरहब

October 24, 2022

काठमाडौं– घरघरमा आज कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मीठोमीठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआराधना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ । केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । 

महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।