फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

साइबेरियामा रुसी सैनिक विमान दुर्घटना

By खबरहब

October 24, 2022

काठमाडौँ– रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

क्षेत्रीय गभर्नर इगोर कोभ्जेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको जानकारी अनुसार सहरको दुई तले भवनमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा विमानमा सवार दुबै जना पाइलटको मृत्यु भएको गभर्नर कोभ्जेभले जनाएका छन् । यद्यपि उक्त भवनमा रहेका कोही पनि दुर्घटनामा हताहत नभएको जनाइएको छ ।

रुसको आपतकालीन अवस्था मन्त्रालयले उक्त विमान प्रशिक्षण उडानमा रहेका बेला दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर तथा भिडियोहरुमा दुर्घटनालगत्तै घटनास्थलबाट धुवाँको कालो मुस्लो उडेको देख्न सकिन्छ । रुसको अनुसन्धान समितिले घटनाबारे आपराधिक अनुसन्धान थालिएको जनाएको छ ।

६ दिनमा रुसमा भएको यो दोस्रो सैनिक विमान दुर्घटना हो । यसअघि गत सोमबार युक्रेनी सीमानजिकै रुसको येयेस्क सहरमा सुखोई सु ३४ विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।