समाचार

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

By खबरहब

October 24, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ५ सय पिसिआर परीक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोरोनामुक्त भएका छन् ।

 हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।