तस्वीर- एप्पल

ग्याजेट/प्रडक्ट्स

आईफोनमा नयाँ अपडेट आउँदै

By खबरहब

October 24, 2022

काठमाडौँ- अमेरिकी प्राविधिक कम्पनी एप्पलले आईफोन र आईप्याडका लागि आज नयाँ अपडेट सार्वजनिक गर्ने भएको छ । एप्पलले आईओएस १६.१ र आईप्याड ओएस १६ सार्वजनिक गर्न लागेको हो ।

यस्तै, एप्पलले नयाँ आइप्याड सार्वजनिक गर्नुअघि नयाँ अपडेट सार्वजनिक गर्न लागेको हो । एप्पलले यसै साता नयाँ ट्याबलेट सार्वजनिक गर्दैछ ।

नयाँ अपडेटमा शेयर फोटो लाइब्रेरी, क्लिन एनर्जी चार्जिङ, फिटनेस विथाउट वाच, स्टेज म्यानेजर जस्ता सुविधा उपलब्ध हुने जनाइएको छ ।