फाइल तस्वीर

देश/प्रदेश

सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक

By खबरहब

October 24, 2022

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसीभैलो बन्द गरेको हो ।

प्रशासनले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरू हुन सक्ने भएकाले राति ७ बजेपछि तिहारको गतिविधि नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, अतिसबाजी जस्ता प्रज्ज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारवाही गर्ने जनाएको छ ।