तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न सेनालाई सी निर्देशन

By खबरहब

October 24, 2022

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताएका छन् ।

सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उनले जनमुक्ति सेनालाई आज निर्देशन दिएका हुन् ।

जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उनले दिएका हुन् । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिएका हुन् ।