राजनीति

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

By खबरहब

November 24, 2022

बझाङ – प्रतिनिधि सभा सदस्यमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् ।

नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् भने एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका छन् ।