राजनीति

मकवानपुर २ (१)मा माओवादीकी कुमारी मोक्तान विजयी

By खबरहब

November 24, 2022

मकवानपुर — मकवानपुर २ (१) को प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् ।

नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।