राजनीति

जुम्ला प्रदेश १ मा कांग्रेसका बागी देवेन्द्र शाही विजयी

By खबरहब

November 24, 2022

जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका बागीले स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहे । यसैगरी नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४ सय ७० मत ल्याए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला प्रदेश सभा १ मा कुल ख२४ हजार ६ सय ५५ मत खसेको थियो ।