राजनीति

कञ्चनपुर–२मा कांग्रेसका एनपी साउद विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ – कञ्चनपुर–२मा नेपाली कांग्रेसका नेता एनपी साउद प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन। क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्।