राजनीति

खोटाङ प्रदेशसभा (ख) मा कांग्रेसका भूपेन्द्र राई विजयी

By खबरहब

November 24, 2022

दिक्तेल – खोटाङ प्रदेशसभा (ख) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार राईले १६ हजार चार सय ९६ मत र दङ्गालले १४ हजार तीन सय ५६ मत प्राप्त गरेका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मारेका हुन् ।

गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए ।