राजनीति

बारा–४ प्रदेशसभा (ख) मा लोसपाका जीतेन्द्र सोनल विजयी

By खबरहब

November 24, 2022

बारा – बारा–४ प्रदेशसभा सदस्य (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जीतेन्द्र सोनल विजयी भएका छन्।

उनले चार हजार पाँचय सय ७२ मत पाएका छन्। सोनलले १२ हजार एक सय ८१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का आत्मराम साहले सात हजार छ सय नौ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार उमेश कुसवाहाले छ हजार चार सय ८० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।