फाइल तस्वीर

राजनीति

७३ हजार मतगणना हुँदा २८ हजार बढी मतले रवि लामिछानेको अग्रता

By खबरहब

November 24, 2022

चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछाने सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठ भन्दा २८ हजार ३१२ मतले अगाडि छन्।

लामिछानेले ४२ हजार २४१ मत पाउँदा श्रेष्ठले १३ हजार ९२९ मत पाएका छन् । त्यसैगरी एमालेका कृष्णमक्त पोखरेलले १३ हजार ३०८ मत पाएका छन् ।

लामिछानेको पार्टी प्रतिनिधिसभातर्फ चार ठाउँमा विजयी भइसकेको छ ।