ब्रेकिङ स्टोरी

संघीय सांसदमा प्रेम आलेको ह्याट्रिक

By खबरहब

November 24, 2022

धनगढी – नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् ।

०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।

कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।