ब्रेकिङ स्टोरी

बर्दिया २ बाट स्वतन्त्र उम्मेदवार चौधरी निर्वाचित

By खबरहब

November 24, 2022

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पराजित गरेका हुन् ।

पन्थले २६ हजार तीन सय ८४मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त पाउँदा राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरेछ । बर्दिया २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियो ।

सो मतमध्ये ८६ हजार ८ सय १२ सदर मत भने थियो भने बदर मत पाँच हजार तीन सय ८७ भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।