देश/प्रदेश

पर्वतमा एमाले विजयी

By खबरहब

November 24, 2022

पोखरा – पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए । उनले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए ।

प्रदेश सभा (क) मा भक्त कुवँर निर्वाचित भए । उनले माओवादीका सुदीप कुवँरलाई हराएर डेब्यू गरेका हुन् । भक्तले १५ हजार ५ सय ३४ मत ल्याए भने सुदीपले १३ हजार ४ सय ६० मत पाए ।

प्रदेश सभा (ख) मा एमालेका मित्रलाल बस्याल विजयी भए । उनले कांग्रेसका बौद्धिक नेता ऋषिकेश तिवारीलाई हराएका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा प्रतिश्पर्धी तिवारीको १२ हजार २ सय १० मत आएको छ ।