देश/प्रदेश

लमजुङको दुवै प्रदेश सभामा कांग्रेस विजयी

By खबरहब

November 24, 2022

लमजुङ – लमजुङको दुवै प्रदेश सभा सदस्य नेपाली कांग्रेसले जितेको छ।

निर्वाचन क्षेत्र नं १ को (क) बाट कांग्रेसका टकराज गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । गुरुङ १८ हजार ५०४ मतका साथ निर्वाचित भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

प्रदेश सभा (क) मा पनि कांग्रेसकै भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पराजित गरे। पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।