देश/प्रदेश

लोसपाका पाण्डे प्रदेश सभा सांसदमा विजयी

By खबरहब

November 24, 2022

भैरहवा – रुपन्देहीमो क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे विजयी भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत ल्याएका छन् । पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

पाण्डे दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।