ब्रेकिङ स्टोरी

रामचन्द्र सांसदमा निर्वाचित, गोविन्दराज पराजित

By खबरहब

November 24, 2022

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाल एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित हुन पुगे । सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।

०७४ सालको निर्वाचनमा पौडेल पराजित भएका थिए।