ब्रेकिङ स्टोरी

शंकर पोखरेलमाथि माओवादीकी रेखाको विजय

By खबरहब

November 24, 2022

दाङ – दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल पराजित भएका छन् ।

उनलाई १९६ मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् ।

शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोख्रेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।

जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।