राजनीति

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

By खबरहब

November 24, 2022

राजविराज– सप्तरी क्षेत्र नं १ को (१) मा  प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए ।  लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।