ब्रेकिङ स्टोरी

सर्लाही-१ बाट लोसपाका रामप्रकाश चौधरी विजयी

By खबरहब

November 24, 2022

सर्लाही – सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन् ।

उनले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहेका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गरेका थिए । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गरेका थिए । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ ।