राजनीति

झापा-५ प्रदेशसभा (२) बाट एमालेका थापा विजयी

By खबरहब

November 24, 2022

गौरादह– झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का होमबहादुर थापा विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित भएका हुन् । 

थापाले २४ हजार एक सय २९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार पुरीले १७ हजार तीन सय १५ मत ल्याएका छन् । यो क्षेत्रमा दमक नगरपालिका पूरै र कमल गाउँपालिकाका तीन वडा रहेका छन् । 

यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भइसकेका छन्।