ब्रेकिङ स्टोरी

झापा-४ बाट एमालेका एलपी साँवा विजयी

By खबरहब

November 24, 2022

झापा – क्षेत्र नं ४ झापाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् ।

उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।