राजनीति

सिरहा-३ प्रदेशसभा (१) मा एमालेका सिंह विजयी

By खबरहब

November 24, 2022

लहान– प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं- ३ (१) बाट नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार सिंह विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले दिएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गरे ।