राजनीति

पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङको अग्रता

By खबरहब

November 24, 2022

काठमाडौँ– पाँचथरमा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले अग्रता बनाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेले उनलाई पच्छ्याइरहेका छन् ।

 एमालेका उम्मेदवार नेम्वाङले २० हजार ३ सय ९२ मत पाएका छन् भने कांग्रेसका आङदेम्वेले २० हजार ३ सय ८० मत पाएका छन् । नेम्वाङ आङदेम्बे भन्दा १२ मतले अगाडि छन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा जम्मा खसेको मत ७५ हजार ३ सय ५२ हो । हालसम्ममा ४७ हजार ४ सय ९१ मत गणना भएको छ । भने गणना गर्न बाँकी मत २७ हजार ८ सय ६१ रहेको छ ।