ब्रेकिङ स्टोरी

सिरहा-१ मा रामशंकर यादव निर्वाचित

By खबरहब

November 24, 2022

सिरहा– सिरहा क्षेत्र नम्बर-१ मा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन् । यादवले आफ्ना प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका छन् ।

यादवले २९ हजार ४६२ मत ल्याएका थिए भने चौधरीले २७ हजार ३७९ मत ल्‍याएका थिए। यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतोले ३७९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका राम कुमार यादवले ३०४ मत मात्र पाए ।