राजनीति

सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

By खबरहब

November 24, 2022

सुर्खेत– सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी भएका छन् । उनले नेकपा (एमाले) बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी भएका हुन् ।

३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याए भने एमालेका विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गरे । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुगेका छन् ।

उनले २९ हजार सात सय ६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका  धुर्वकुमार शाहीले २२ हजार दुई सय ८३ मत प्राप्त गरेका छन्