ब्रेकिङ स्टोरी

सप्तरी-१ मा जसपाका नवलकिशोर साह विजयी

By खबरहब

November 24, 2022

सप्तरी– सप्तरी-१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह  प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरूप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे। 

गत प्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा सूर्यनारायण यादव विजयी भएका थिए। राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।