राजनीति

झापा-५ (१) बाट एमालेका कार्की निर्वाचित

By खबरहब

November 24, 2022

झापा– झापा–५ (१) बाट नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गरेका हुन् । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गरे।

कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए।