राजनीति

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ- खोटाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी भएका छन् ।

उनले नेकपा एमालेका विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पारेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पासाङले ३१ हजार तीन सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् ।