ब्रेकिङ स्टोरी

यी हुन् नेपाली कांग्रेसका विजयी ३२ उम्मेद्वारहरु

By खबरहब

November 24, 2022

काठमाडौँ : नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । माओवादी र नेकपा एकिकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले अहिलेसम्म ३२ ठाउँमा जित हासिल गरेको हो ।

विजयी हुनेमा विश्वप्रकाश शर्मा, हृद्यराम थानी, रामनाथ अधिकारी, देवप्रसाद तिमल्सेना, रामहरि खतिवडा र राजेन्द्र बज्गाई छन् । यस्तै उदय शमशेर राणा, शंकर भण्डारी, रमेश लेखक, श्यामकुमार घिमिरे, रमेश रिजाल, किशोरसिंह राठौर, दिलेन्द्र बडू, अजय चौरासिया, एनपी साउद, शशांक कोइराला, बीरबहादुर बलायर, दिनेशकुमार यादव, सभापति तथा प्रधानमन्त्री शेरबहाद्र देउवा, रामचन्द्र पौडेल लगायत छन् ।

यस्तै दुर्लभ क्षेत्री, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, गगनकुमार थापा, दिक्पाल शाही, मोहन आचार्य, प्रदीप पौडेल, सन्तोष चालिसे, राजेन्द्र केसी, प्रकाशमान सिंह, योगेन्द्र गौचन थकाली र टेकबहादुर गुरुङ छन् ।

कांग्रेसले अहिलेसम्म २० ठाउँमा अग्रता लिएको छ ।