राजनीति

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

By खबरहब

November 24, 2022

काठमाडौं – मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गरेका छन् । ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नौ हजार दुई सय नौ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार ५४ मत प्राप्त गरेका छन्। शाही र कार्कीबीच सात सय आठ मतान्तर रहेको छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार तीन सय ७९ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले एक हजार दुई सय ९२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा एमालेका कर्णबहादुर मल्लले एक हजार तीन सय ५० र नेकपा (माओवादी केन्द्र)का मङ्गलबहादुर शाहीले एक हजार सात सय १७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।