ब्रेकिङ स्टोरी

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

By खबरहब

November 24, 2022

रौतहट — रौतहट निर्वाचन क्षेत्र नं ३ मा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअुनसार साहले ३२ हजार ४३७ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए । साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो लगातार चौथो जित हो ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए ।