राजनीति

नवलपरासी पूर्व २ मा कांग्रेसका विष्णुकुमार विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ – नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन्।

एमालेका उम्मेदवार तिलक महतलाई दुई हजार २१ मतान्तरले हराएर कार्की विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गरे भने । एमालेका महतले ३४ हजार ८३ मत प्राप्त गरेका थिए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले छ हजार चार सय ४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले तीन हजार तीन सय ४३ मत प्राप्त गरेका छन्। क्षेत्र नं २ मा ८५ हजार तीन सय ९९ मत खसेको थियो। खसेको मतमध्ये तीन हजार चार सय ५१ मत बदर भएको थियो।