राजनीति

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका शिवकुमार मण्डलले १७४८६ मत मात्र प्राप्त गरे । एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको जनता समाजवादी पार्टीका राजकुमार यादवले १७३९० मत प्राप्त गरे ।