ब्रेकिङ स्टोरी

सुर्खेत १ मा कांग्रेस उपसभापति फराकिलो मतान्तरसहित विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ – सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । उनीहरुबीचका मतान्तर ११ हजार ६१९ रहेको छ ।