राजनीति

दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी, कोमल वली पराजित

By खबरहब

November 24, 2022

तुल्सीपुर – दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतले पछि पार्दै जित हासिल गरेका हुन्।

गिरीले ३६ हजार ८४२ मत पाए भने एमालेकी वलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए ।