राजनीति

महोत्तरी १ (२) मा माओवादीका साह विजयी

By खबरहब

November 24, 2022

महोत्तरी — महोत्तरी क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत प्रसाद साह विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका राम श्रेष्ठसँग २ हजार ५ सय मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार साह ८ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका राम श्रेष्ठले ५ हजार ८ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । विजयी साह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।