ब्रेकिङ स्टोरी

पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ – पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने। त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार ४९९, राप्रपाको ४ हजार ४१९ मत पाएका छन् ।