खेलकुद

विश्वकपमा रोनाल्डोको कीर्तिमान

By खबरहब

November 24, 2022

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा समेत गोल गरेका थिए ।