फाइल फोटो

ब्रेकिङ स्टोरी

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

By खबरहब

November 24, 2022

दाङ । दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् ।

मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।