खेलकुद

इटालीको राष्ट्रिय टिम घोषणा : फर्किए बालोटोली

By खबरहब

January 25, 2022

काठमाडौं । इटालीको राष्ट्रिय टिमको घोषणा भएको छ । टोलीमा फरवार्ड मारियो बालोटोली फर्किएका छन् ।

नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा भएको टिममा बालोटोली अटाएका हुन् । प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलका लागि बालोटोलीलाई रोजेका हुन् ।

इटलीको लागि ३६ खेलमा १४ गोल गरेका ३१ वर्षीय बालाटोली राष्ट्रिय टिममा सन् २०१८ पछि पहिलो पटक परेका हुन् । टर्कीको एडना डेमिरस्पोरबाट खेल्दै आएका उनले यो सिजन २१ खेलमा ९ गोल गरेका छन् ।