फाइल फोटो

आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

January 25, 2022

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको तथ्यांक अनुसार हिजो सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।