राजनीति

विष्ट र प्याकुरेललाई मात्र मतदान गर्न राप्रपाको निर्देशन

By खबरहब

January 25, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना दुई जना उम्मेदवारलाई मात्र मतदान गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संविधानसभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो निर्देशन दिएको हो ।

भोलि हुने सो निर्वाचनमा प्रदेश नं. १ मा पार्टीको तर्फबाट उम्मेदवारी दिएका अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्ने निर्णय भएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अन्य प्रदेशहरुमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन मतदाताहरुलाई निर्देशन दिइएको महामन्त्री भुवन पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।