फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा ६१७२ कोरोना संक्रमित थपिए

By खबरहब

January 25, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६१७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८७५ जना, भक्तपुरमा ५१५ जना र ललितपुरमा ७८२ जना कोरोना संक्रमित थपिएका हुन् ।