सांकेतिक तस्बिर

समाचार

२८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 25, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २४५ कोरोना संक्रमितको आईसीयूमा र ४४ को भेन्टिलेटरमा गरी कुल २८९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ११ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १६२ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ४ जना आईसीयूमा र सुदुरपश्चिममा २ जना आईसीयूमा उपचाररत छन् ।