देश/प्रदेश

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर)

By खबरहब

January 25, 2022

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो ।

कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ ।

खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको जोखिम बढ्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।