आर्थिक

एक सातामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप

By खबरहब

January 25, 2022

काठमाडौँ– एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।

गत पुस अन्तिम सातामा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको हो ।

यद्यपि, एक महिनाको तुलनामा भने बैंकहरुको निक्षेप ७२ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो सातामा ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको माघ पहिलो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।

यस्तै, एक साताको तुलनामा भने बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले मात्रै बढेको छ । एक साता अगाडि मात्रै ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघको पहिलो सातामा कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक महिनाको तुलनामा भने बैंकहरुको कर्जा लगानी पनि ५९ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको पहिलो सातामा कुल ४० खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघ पहिलो सातामा ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुर्‍याएका हुन् ।